आजदेखि खुल्दै सुजन चापागाईंको क्राइस्टचर्च शोको टिकट – New Zealand News Nepal (NZ News Nepal)

आजदेखि खुल्दै सुजन चापागाईंको क्राइस्टचर्च शोको टिकट

   June 3, 2026  

नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक सुजन चापागाईं र उनको ब्यान्ड द इन्फिनिटी को क्राइस्टचर्च कन्सर्टको टिकट आजदेखि बिक्री खुला हुने भएको छ।

आयोजक स्वरम इभेन्ट्स ले जनाएअनुसार क्राइस्टचर्चमा आगामी जुलाई २५ मा हुने कन्सर्टका प्रारम्भिक (अर्ली बर्ड) टिकटहरू आज साँझ ५ बजेदेखि उपलब्ध गराइनेछ।

लाखे इभेन्ट्स ले सुजन चापागाईं र उनको ब्यान्डलाई न्युजिल्याण्ड भ्रमणमा ल्याउन लागेको हो। यसअन्तर्गत न्युजिल्याण्डका दुई प्रमुख सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। अकल्याण्ड मा भने जुलाई २० मा कन्सर्ट हुने तय भएको छ।

न्युजिल्याण्ड आउनुअघि सुजन चापागाईं र उनको टोलीले अष्ट्रेलियाका विभिन्न सहरहरूमा समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।