न्युजिल्याण्डभर तापक्रममा उल्लेख्य गिरावट आएको छ। बुधबार बिहान देशका अधिकांश क्षेत्रमा चिसो बढ्दा साउथ आईल्याण्डका केही स्थानमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ।
आज बिहानको तथ्यांकअनुसार सबैभन्दा कम तापक्रम क्विन्सटाउनमा -१° र टिमारुमा -१° मापन गरिएको छ। क्राइस्टचर्चमा १°, फ्रान्ज जोसेफमा २°, नेल्सनमा ३° तथा वेस्टपोर्टमा ४° तापक्रम रहेको छ।
नर्थ तर्फ ह्यामिल्टन र ते वाइहाराकेकेमा ०°, रोटोरुवामा ५°, अकल्याण्डमा ७°, नेपियर र मास्टरटनमा ७° तथा न्यु प्लाइमाउथमा ११° तापक्रम मापन गरिएको छ।
राजधानी वेलिङ्टनमा बिहान १०° तापक्रम रहेको छ भने डुनेडिन र स्टुअर्ट आइल्याण्डमा ११–१२° तापक्रम रेकर्ड गरिएको छ।
मौसमविद्हरूले देशका धेरै क्षेत्रमा चिसो मौसम अझ केही दिन कायम रहने जनाएका छन्। विशेषगरी साउथ आईल्याण्डका भित्री र उच्च भूभागमा बिहानको समयमा हुस्सु, तुषारो र कडा चिसो अनुभव हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
आज बिहानका प्रमुख शहरहरूको तापक्रम:
- कैताइआ – ८°
- व्हाङ्गारेई – ६°
- अकल्याण्ड – ७°
- ह्यामिल्टन – ०°
- टौराङ्गा – ४°
- गिसबर्न – ९°
- रोटोरुवा – ५°
- टाउपो – २°
- नेपियर – ७°
- पाल्मर्स्टन नर्थ – ४°
- मास्टरटन – ७°
- वेलिङ्टन – १०°
- नेल्सन – ३°
- क्राइस्टचर्च – १°
- टिमारु – -१°
- क्विन्सटाउन – -१°
- डुनेडिन – १२°
- इन्भरकार्गिल – ७°
- स्टुअर्ट आइल्याण्ड – ११°


