सुजन चापागाईंले गरे अष्ट्रेलिया र न्युजिल्याण्ड टुरको घोषणा, कुन–कुन सहरमा आउँदै? – New Zealand News Nepal (NZ News Nepal)

सुजन चापागाईंले गरे अष्ट्रेलिया र न्युजिल्याण्ड टुरको घोषणा, कुन–कुन सहरमा आउँदै?

   June 12, 2026  

चर्चित नेपाली गायक सुजन चापागाईंले अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने घोषणा गरेका छन्। आगामी जुन २६ देखि सुरु हुने उनको यो टुर करिब एक महिनासम्म चल्नेछ।

टुर अष्ट्रेलियाको पर्थस्थित मेट्रो सिटीबाट जुन २६ मा सुरु हुनेछ। त्यसपछि उनले जुन ३० मा ब्रिस्बेनको द टिभोलीमा प्रस्तुति दिनेछन्।

जुलाई २ मा होबार्ट सिटी हल, जुलाई ६ मा मेलबर्न पाभिलियन र जुलाई ८ मा एडिलेडको हिन्ड्ली म्युजिक हलमा कार्यक्रम तय गरिएको छ। त्यसपछि जुलाई १० मा क्यानबेरामा प्रस्तुति हुनेछ भने जुलाई १४ मा न्युक्यासलस्थित युनिभर्सिटी अफ न्युक्यासलको ग्रेट हलमा दर्शकमाझ उत्रिनेछन्।

जुलाई १७ मा सिड्नीको होर्डर्न पाभिलियनमा प्रस्तुति दिने सुजन जुलाई २० मा न्युजिल्याण्डको अकल्यान्डस्थित स्टुडियो द भेन्युमा पुग्नेछन्। टुरको अन्तिम कार्यक्रम जुलाई २५ मा क्राइस्टचर्चको सेलिब्रेसन सेन्टरमा हुनेछ।

यसरी सुजन चापागाईंले अष्ट्रेलियाका पर्थ, ब्रिस्बेन, होबार्ट, मेलबर्न, एडिलेड, क्यानबेरा, न्युक्यासल र सिड्नी तथा न्युजिल्याण्डका अकल्यान्ड र क्राइस्टचर्चमा आफ्नो प्रस्तुति दिनेछन्।