नेपाल बजेट: १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत – New Zealand News Nepal (NZ News Nepal)

नेपाल बजेट: १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत

   May 29, 2022  

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा आज दिउँसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । विसं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

समध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोजन भएको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत छ ।