न्युजिल्याण्डमा आज थप ६८ जनालाई कोरोना भईरसको संक्रमण
देखिएको छ । यो सँगै देश भर जम्मा डेल्टा भेरियन्टको कोरोना भाईरसका संक्रमितको संख्या २७७ पुगेको छ । अगस्त १७ मा पहिलो डेल्टा भेरियन्टको
संक्रमण देखिएको थियो । त्यसयता देशभर लकडाउन लगाईएको छ ।
देशभर लगाईएको लकडाउन शुक्रबार सम्म जारी छ । दैनिक रुपमा
संक्रमितको संख्या बढिरहेको बेला लकडाउन पनि बढ्ने सम्भावना रहेको छ ।
यस बारेमा सरकारले शुक्रबार निर्णय गर्ने छ ।


