सुजन चापागाईंको अकल्याण्ड कन्सर्टका अधिकांश टिकट ‘सोल्ड आउट’, अब ३५० टिकट मात्र बाँकी

163 Shares

लोकप्रिय नेपाली गायक सुजन चापागाईं र द इन्फिनिटीको अकल्याण्डमा हुने सांगीतिक कार्यक्रममा दर्शकहरूको उत्साह उल्लेखनीय देखिएको छ। आयोजक Lakhey Events का अनुसार कन्सर्टका अधिकांश टिकट बिक्री भइसकेका छन् भने अब करिब ३५० टिकट मात्र बाँकी रहेका छन्।

जुलाई २० मा अकल्याण्डस्थित Studio The Venue मा आयोजना हुने उक्त कार्यक्रममा सुजन चापागाईं एण्ड द इन्फिनिटीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमलाई नेपाली समुदायबीच यस वर्षकै सबैभन्दा प्रतीक्षित सांगीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

आयोजकले टिकट बिक्री तीव्र गतिमा भइरहेको भन्दै कार्यक्रममा सहभागी हुन चाहने दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै