प्रधानमन्त्री जसिन्डा आर्डेन र अमेरिकी राष्ट्रपति जो बाईडेनबिच वाईट हाउसमा भेट – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री जसिन्डा आर्डेन र अमेरिकी राष्ट्रपति जो बाईडेनबिच वाईट हाउसमा भेट

   June 1, 2022  

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्न र अमेरिकी राष्ट्रपती जो बाईडेन बिच भेट वार्ता भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेकी न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले अमेरिकी राष्ट्रपती बाईडेन सँग बुधबार बिहान वाइट हाउसमा भेट गरेकी हुन् । भेटमा प्यासिफिक क्षेत्रको र हालै उक्रेनमा भएको घटनाको बारेमा कुराकानी भएको हो । करिब १३ वर्ष पछि वाइट हाउसमा न्युजिल्यान्ड र अमेरिका बिच उच्च स्तरको भेट भएको हो । सन् २०११ मा तत्कालिन अमेरिकी राष्ट्रपनी बाराक ओबामासँग न्युजिल्याण्डमा तत्कालिन प्रधानमन्त्री जोन की ले भेट गरेका थिए । त्यस्तै २० वर्षमा यो उच्च स्तरको भेट तेस्रो पटकौको भेट हो । न्युजिल्याण्ड र अमेरिका बिच सुमुधुर सम्बन्धका बिच उच्च स्तरको कुराकनी हुन समय लगेको हो । प्रधानमन्त्री आर्डेनले अमेरिकाकी उप राष्ट्रपती कमला हैरिसनसँग पनि भेट गरेकी छिन् ।