सुजन चापागाईंको क्राइस्टचर्च शोको प्रचारमा स्वरम इभेन्ट्स, साउथ आइल्याण्ड टुर आजबाट

166 Shares

लोकप्रिय गायक सुजन चापागाईं एन्ड द इन्फिनिटी को आगामी क्राइस्टचर्च शो २०२६ को प्रचार तथा अन्तिम चरणको टिकट बिक्रीका लागि आयोजक स्वरम इभेन्ट्स ले आजदेखि साउथ आइल्याण्ड टुर सुरु गरेको छ।

आयोजकका अनुसार टुरको पहिलो दिन टिमारु, ओमारु, ड्युनेडिन, गोर र इनभरकार्गिल पुगेर दर्शकमाझ भौतिक टिकट उपलब्ध गराइनेछ। त्यस्तै, दोस्रो दिन इनभरकार्गिल, क्विन्सटाउन, वानाका, क्रमवेल, ट्वाइजल, लेक टेकापो हुँदै टोली क्राइस्टचर्च पुग्ने कार्यक्रम रहेको छ।

स्वरम इभेन्ट्सले यो यात्रासँगै अन्तिम चरणका भौतिक टिकटहरू बिक्रीका लागि ल्याएको जनाएको छ। आयोजकका अनुसार टोली कुनै स्थानबाट अघि बढेपछि त्यहाँ पुनः भौतिक टिकट बिक्री नहुने भएकाले इच्छुक दर्शकलाई आफ्नो नजिकको स्थानमा पुगेर समयमै टिकट सुरक्षित गर्न आग्रह गरिएको छ।

आयोजकले टिकटको माग उच्च रहेको र उपलब्ध टिकटको संख्या सीमित बन्दै गएको उल्लेख गर्दै ढिला नगरी टिकट खरिद गर्न अनुरोध गरेको छ।

बहुप्रतीक्षित सुजन चापागाईं एन्ड द इन्फिनिटी को क्राइस्टचर्च शो २०२६ जुलाई २५ सेलिब्रेसन सेन्टर मा आयोजना हुनेछ। कार्यक्रममा सुजन चापागाईंले आफ्ना चर्चित गीतहरूसहित दर्शकमाझ विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

सम्बन्धित समाचार

सबै