न्युजिल्याण्ड आइपुगे गायक सुजन चापागाईं, सोमबार अकल्याण्डमा प्रस्तुति दिँदै

105 Shares

लोकप्रिय नेपाली गायक सुजन चापागाईं आफ्नो न्युजिल्याण्ड सांगीतिक यात्राका लागि न्युजिल्याण्ड आइपुगेका छन्। उनले सोमबार, २० जुलाई २०२६, अकल्याण्डमा हुने प्रत्यक्ष सांगीतिक कार्यक्रममा दर्शकमाझ आफ्नो प्रस्तुति दिनेछन्।

सुजन चापागाईंसँगै द इन्फिनिटी ब्यान्ड पनि रहनेछ। अकल्याण्डको Studio The Venue मा साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा उनका चर्चित गीतहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रमप्रति नेपाली समुदायको उत्साह उच्च रहेको र टिकटको माग पनि उल्लेखनीय रहेको बताइएको छ।

यसपछि सुजन चापागाईंले २५ जुलाई मा क्राइस्टचर्चमा पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

सबै