सुशान्त केसीको ‘अष्ट्रेलिया न्युजिल्याण्ड टुर’ , कहाँ–कहिले हुँदैछ कन्सर्ट ? – New Zealand News Nepal (NZ News Nepal)

सुशान्त केसीको ‘अष्ट्रेलिया न्युजिल्याण्ड टुर’ , कहाँ–कहिले हुँदैछ कन्सर्ट ?

   July 29, 2026  

नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त लोकप्रिय गायक तथा गीतकार सुशान्त केसी आफ्नो बहुप्रतीक्षित ‘पाहुना टुर’ लिएर आगामी अगस्ट र सेप्टेम्बरमा अष्ट्रेलिया तथा न्युजिल्याण्डका दर्शकमाझ प्रस्तुत हुने भएका छन्। सार्वजनिक गरिएको टुर तालिकाअनुसार उनले अष्ट्रेलियाका पाँच सहर र न्युजिल्याण्डको एक सहरमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

टुरको सुरुवात १६ अगस्टमा अष्ट्रेलियाको पर्थस्थित Metro City बाट हुनेछ। त्यसपछि १९ अगस्टमा ब्रिस्बेनको Fortitude Music Hall, २१ अगस्टमा एडिलेडको Hindley Street Music Hall र २४ अगस्टमा मेलबर्नको PICA मा कन्सर्ट आयोजना गरिनेछ। त्यसपछि उनि न्युजिल्याण्ड आउने छन् ।

न्युजिल्याण्डमा सुशान्तको प्रस्तुति ३० अगस्टमा अकल्याण्डस्थित NZICC को Te Paepae Theatre मा आयोजना हुनेछ। आयोजकका अनुसार यस कन्सर्टमा उनका चर्चित गीतहरूका साथै नयाँ सांगीतिक प्रस्तुति पनि समावेश गरिनेछ, जसले न्युजिल्याण्डमा रहेका नेपाली संगीतप्रेमीलाई विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

न्युजिल्याण्डको एक मात्र कन्सर्ट सकेर उनि पुन: अष्ट्रेलियाको सिड्नी जाने छन् । टुरको अन्तिम प्रस्तुति ५ सेप्टेम्बरमा सिड्नीस्थित The Crescent, Parramatta Park मा हुनेछ। यस टुरमार्फत बिशेष गरि युवामाझ निकै चर्चित सुशान्तले अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो लोकप्रिय सांगीतिक प्रस्तुति दिनेछन्।