न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्न आफ्नो १० दिने अमेरिका भ्रमण सकाएर न्युजिल्याण्ड फर्किएकी छिन् । गत मे २३ तारिकमा दिन न्युजिल्याण्डबाट अमेरिका तर्फ लागेकी प्रधानमन्त्री आर्डेर्नको टोली बिहीवार न्युजिल्याण्ड फर्किएको हो । अमेरिका बसाईका क्रममा प्रधानमन्त्रीले अमेरिकि राष्ट्रपती जो बाईडेन , उप राष्ट्रपती कमला हैरिशन लगायतका उच्चपदस्थ अधिकारीहरु सँग भेट गरेकी थिईन् । भेटमा अमेरिका र न्युजिल्याण्डबिच रहेको सम्बन्धलाई थप मजबुत बनाउने बिषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री आर्डेर्नले अमेरिकामा रहदा बोस्टन, न्यु योर्क लगायतको शहरको भ्रमण गरेकी थिईन् ।



