राष्ट्रिय मौसम बिभाग अन्तर्गतको मेट सर्भिसले न्युजिल्याण्डको मौसमलाई लिएर बिशेष सुचना जारी गरेको छ । देशको उत्तरी र दक्षिणी क्षेत्रमा आउदो केही दिन मौसम खराब हुने मेट सर्भिसले जनाएको छ । बिशेषगरी न्युजिल्याण्डको नर्थ आईल्याण्डको अकल्याण्ड, बे अफ प्लेन्टी, वाईकातो , गिसब्रन लगायतका क्षेत्रमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको छ । यि स्थानहरुमा हावाहुरी, चट्याङ र असिना सहित वर्षा हुनसक्ने अनुमान मेट सर्भिसको छ । त्यस्तै साउथ आईल्याण्डको नेल्सन, ओतागो, तास्मान लगायतको भुभागमा पनि भारी वर्षाको चेतावनी दिईएको छ । साउथको अधिकांश स्थानमा हिमपातको सम्भावना पनि रहेको छ । त्यस्तै मेट सर्भिसका अनुसार न्युजिल्याण्डको मौसम खुल्न अझै केही दिन लाग्ने छ ।


