नेपाली कमेडियनहरूको जमघट न्युजिल्याण्डमा, ‘अब हाँस्छ न्युजिल्याण्ड’ आयोजना हुने

162 Shares

न्युजिल्याण्डमा नेपाली हास्य कलाकारहरूको विशेष प्रस्तुति ‘अब हाँस्छ न्युजिल्याण्ड’ आयोजना हुने भएको छ। ग्रेस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनको प्रस्तुतिमा तथा लाखे इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको सहभागिता रहनेछ।

कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार, स्ट्यान्ड–अप कमेडियन तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय कलाकारहरू सहभागी हुनेछन्। कार्यक्रममा सुमन कोइराला, भारतमणि पौडेल, कैलाश कार्की, मेक्सम गौडेल र सुमन कार्कीले आफ्ना हास्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।

नेपाली दर्शकलाई हाँसो र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम नोभेम्बर/डिसेम्बर महिनामा न्युजिल्याण्डका विभिन्न स्थानमा हुने पोस्टरमा उल्लेख गरिएको छ।

नेपाली कला, संस्कृति र हास्य प्रस्तुतिलाई न्युजिल्याण्डमा रहेका नेपाली समुदायमाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमको थप मिति, स्थान र बाँकी विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

सबै