न्युजिल्याण्डमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट

   June 8, 2022  

न्युजिल्याण्डमा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । आज ४ जनालाई कोभिड- १९ को ओमिक्रोनको सब भेरियन्ट BA.4 र  BA.5 देखिएको हो ।त्यस्तै आज न्युजिल्याण्डमा थप ६२३२ जनामा कोरोनाको संक्रमण देखिएको छ । १४ जनाको मृत्‍यु भएको छ भने ३०० बढी अस्पतालमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडको नयाँ भेरियन्ट छिट्टो फैलिने भएका सतर्क हुन आम मानिसमा अनुरोध गरिएको छ ।