न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन आफ्नो दुई दिने भ्रमणका लागि अष्ट्रेलियाको सिड्नी पुगेकी छिन् । अष्ट्रेलियाली नवनियुक्त प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई बधाई दिन उनी सहित न्युजिल्याण्डका उप प्रधानमन्त्री ग्रान्ट रोबर्टसन सिड्नी गएका हुन् । प्रधानमन्त्री जसिन्डा भोली न्युजिल्याण्ड फर्किदै छिन् भने उप प्रधानमन्त्री ग्रान्ट रोबर्टसन केही दिन अष्ट्रेलिया बसेर फर्किने कार्यक्रम रहेको छ ।


