न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्नले आफ्नो मन्त्रीमन्डलमा सामान्य हेरफेर गरेकी छिन् । जसिन्डा सरकारबाट केही मन्त्रीहरु बाहिरिएका छन् भने केही नयाँ मन्त्रीले प्रवेश पाएका छन् । किरी एलनले न्याय मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने अध्यागमन मन्त्रीमा माईकल वुडले प्रवेश पाएका छन् । त्यस्तै प्रिंयका राधाकृष्णन , किरण म्याकएनुलटी, डुकन वेब लगायतले जसिन्डा सरकारमा मन्त्री बन्ने छन् । यो हेरफेर भोली मंगलबारबाट लागु हुने छ ।
न्युजिल्याण्ड सरकारका मन्त्रीहरु हेर्न यहाँ क्लिक गर्नुहोला



