न्युजिल्याण्ड प्रवेश गर्ने भन्दा बाहिरिने बढी – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड प्रवेश गर्ने भन्दा बाहिरिने बढी

   June 13, 2022  

न्युजिल्याण्डको बोडर खुलेसँगै न्युजिल्याण्डमा पर्यटकको संख्या ह्वातै बढ्ने अनुमान गरिएको थियो तर त्यस्को बिपरित न्युजिल्याण्ड प्रवेश गर्ने भन्दा न्युजिल्याण्डबाट बाहिरिनेको संख्या बढी छ । Stats NZ का अनुसार अप्रिल महिनामा न्युजिल्याण्डबाट झन्डै डेढ लाख मानिस बाहिरिएका छन् । त्यस्तै न्युजिल्याण्ड प्रवेश गर्नेको संख्या भने न्युन छ । अप्रिल महिनामा एक लाख ४१ हजार ६१० जना मानिस न्युजिल्याण्डबाट बाहिर गएका छन् भने एक लाख २५ हजार १२८  जना न्युजिल्याण्ड प्रवेश गरेका छन् । अप्रिलमा आएका मानिसहरुमा ६० % न्युजिल्याण्डका नागरिक छ्न् जो अष्ट्रेलियाबाट न्युजिल्याण्ड आएका हुन् । दुई वर्ष सम्म बोडर बन्द रहेकाले पनि न्युजिल्याण्डमा भएका मानिस फ्रेश हुन न्युजिल्याण्ड भन्दा बाहिर छुट्टी मनाउन गएको अनुमान गरिएको छ ।