न्युजिल्याण्ड सरकारले यो वर्ष थप एक दिन सार्वजनिक बिदा थपेको छ । आउँदो शुक्रबार न्युजिल्याण्डमा Matariki Day मनाईदैँ छ ।यो दिन माओरी समुदायको नयाँ वर्ष सुरु हुन्छ । यसअघि यो दिवसको महत्व रहेतापनि औपचारिक रुपमा भने सन् २०२२ बाट सरकारले सार्वजनिक बिदा दिने तयारी गरेको हो । हरेक वर्ष Matariki Day अलग अलग दिन मनाइने छ । यो वर्ष भने जुन २४ शुक्रबारका दिन न्युजिल्याण्डमा यो दिन मनाईदै छ । जाडो याममा पहिलो ताराको समुह देखिने दिन नयाँ वर्ष मनाईने गरिन्छ । यो दिन भुत, वर्तमान र भविष्यको ठुलो महत्व हुन्छ । यस दिनमा बिगतमा गुमाएका आफ्ना आफन्तको सम्झना गरिन्छ । त्यस्तै वर्तमानमा एक आपसमा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाईन्छ भने भविष्यमा यो गर्छु भनेर संकल्प गर्ने गरिन्छ । माओरी नयाँ वर्ष मे को अन्तिम देखि जुलाईको सुरुवात भित्र पर्ने गर्दछ ।


