सांगितिक कार्यक्रमका लागि न्युजिल्याण्ड आउँदै प्रकाश सपुत र भरतमणी पौडेल – New Zealand News Nepal (NZ News Nepal)

सांगितिक कार्यक्रमका लागि न्युजिल्याण्ड आउँदै प्रकाश सपुत र भरतमणी पौडेल

   June 20, 2022  

चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेल आगामी अक्टोबरमा न्युजिल्याण्ड आउँदै छन् । न्युजिल्याण्डको बिभिन्न सहरहरुमा यि दुईले आफ्नो प्रस्तुती दिने छन् । दशैँ को अवसरमा न्युजिल्याण्डको लाखे ईभेन्ट्सले न्युजिल्याण्डको ६ सहरमा बिशेष कार्यक्रम आयोजना गर्दै छ जस्मा आफ्नो प्रस्तुती दिन गायक सपुत र कमेडियन पौडेल न्युजिल्याण्ड आउन लागेका हुन् । आयोजक लाखे ईभेन्ट्सका अनुसार आगामी अक्टोबरमा न्युजिल्याण्डका ६ शहर मा सांगितिक कार्यक्रम आयोजना हुँदै छ । अक्टोबर ७ मा Hamilton, ओक्टोबर ८ मा Tauranga, अक्टोबर ९ मा Wellington मा कार्यक्रम अयोजना हुँदै छ । त्यस्तै १४ अक्टोबरमा Ash burton, १५ अक्टोबरमा Invercargill र १६ अक्टोबर मा Christchurch मा दशै बिशेष कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा स्थानिय नेपाली कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।