लकडाउन थप्ने बारे निर्णय हुँदै, ३ बजे प्रधानमन्त्रीले घोषणा गर्ने – New Zealand News Nepal (NZ News Nepal)

लकडाउन थप्ने बारे निर्णय हुँदै, ३ बजे प्रधानमन्त्रीले घोषणा गर्ने

   August 27, 2021  

न्युजील्याण्डमा जारी रहेको लेभल ४ को लकडाउनको समयसिमा आज सकिदै छ । लकडाउनबारे निर्णय गर्न आजै मन्त्रीपरिषद बैठक बस्दै छ । बैठक पछि आज दिउसो ३ बजे प्रधानमन्त्री जसिन्डा आर्डेनले लकडाउन बारे मन्त्रीपरिषदको निर्णय सुनाउने छिन् ।

हालसम्म २७७ जनामा कोरोना पुष्टी भईसकेको छ र संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सबै भन्दा बढी संक्रमित अकल्याण्डमा भेटिएका छन् । त्यँहा २६३ जना संक्रमित छन् भने राजधानी वेलिङटनमा १४ जनामा संक्रमण भेटिएको छ । अकल्याण्डमा आउदो मंगलबार सम्म लकडाउन जारी रहने छ ।

अकल्याण्ड र वेलिङटनबाहेक अरु स्थानमा अहिले सम्म संक्रमण नदेखिएकाले यि शहरबाहेक अरु ठाउँमा लेभल ३ को लकडाउन हुनसक्ने सम्भावना रहेको छ ।