स्वास्थ्य विज्ञहरुले सरकारलाई अहिलेनै न्युजिल्याण्डलाई ग्रिन लाईट सिस्टममा नलान सुझाव दिएका छन् । कोरोना संक्रमितको संख्या नियन्त्रणमा नआए सम्म न्युजिल्याण्डलाई ओरेन्ज लाईटमै राख्न विज्ञहरुले सरकारलाई सल्लाह दिएका छन् । यस्तो अवस्थामा सरकारले तत्कालको लागि हुनै पनि नियम परिवर्तन नगरि न्युजिल्याण्डलाई ओरेन्ज लाईट सिस्टम मै राख्ने तयारी गरेको छ । यस बारेमा निर्णय आज हुँदै छ । आज दिउँसो १ बजे नवनियुक्त कोभिड १९ मन्त्री आयसा भेरल्लले यसबारेमा जानकारी दिने छिन् ।


