न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र स्पेनका राष्ट्रपति पेद्रो सान्चे बिच भेट वार्ता भएको छ । यूरोप भ्रमणका लागि हाल स्पेनमा रहेकी प्रधानमन्त्री आर्डेनले स्पेनी राष्ट्रपती सँग भेट गरेकी हुन् । भेटमा न्युजिल्याण्ड र स्पेन बिचको सम्बन्ध र न्युजिल्याण्डमा भएका स्पेनी नागरिकको हितमा भईरहेको कार्यको बिषयमा प्रधानमन्त्रीले स्पेनी राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिईन् । जसिन्डाले स्पेनी राष्ट्रपतिलाई न्युजिल्याण्ड भ्रमणको निम्तो समेत दिएकी छिन् । जवाफमा राष्ट्रपती पेद्रोले आफु न्युजिल्याण्ड आउन आतुर रहेको र छिट्टै कार्यक्रम बनाउने बताए ।


