दुर्घटनामा निधन भएका घिमिरेको शव नेपाल पठाउन सहयोग संकलन सुरु – New Zealand News Nepal (NZ News Nepal)

दुर्घटनामा निधन भएका घिमिरेको शव नेपाल पठाउन सहयोग संकलन सुरु

   July 2, 2022  

न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ।  सुनसरी इनरूवा घर भई न्यूजिल्याण्डको साउथ आईल्याण्डस्थित एसबर्टनको एक डेरी फार्ममा कार्यरत सुवास घिमिरेको क्वाड बाइक दुर्घटनामा परि ज्यान गएको हो। कामकै सिलसिलामा क्वाइड बाइक दुर्घटना परी गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा निधन भएको हो  ।

नेपाली समुदायमा अत्यन्त मिलनसार घिमिरेको सम्पूर्ण परिवार नेपालमै भएकाले उनको पार्थिव शरीर नेपाल पठाउने सहयोग संकलन सुरू गरिएको छ। पार्थिव शरीर नेपाल पठाउने प्रकृया निकै खर्चिलो भएको र घिमिरेको परिवारले सो प्रकृयामा लाग्ने खर्च व्यहोर्न नसक्ने भएकाले गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले सहयोग अभियान सुरू गरेको छ। संघले नेपाली सङ्घ संस्था, व्यक्तिसमक्ष सहयोगको अपिलसमेत गरेको छ।  एनआरएन न्यूजिल्याण्डले संकलित रकमको विवरण सार्वजनिक गर्ने र सोही प्रयोजनका लागि खर्च गर्नेछ।

यसरी सहयोग गर्न सक्नुहुन्छ
नाम- NRNA-NZ
खाता नम्बर- 12-3066-0148917-02