नेपालको चर्चित पप ब्याण्ड 1974 A.D को म्युजिकल कन्सर्ट न्युजिल्याण्डको सबैभन्दा ठुलो सहर अकल्याण्डमा आयोजना हुने भएको छ। आउँदो नोभेम्बर १८ तारिकका दिन उक्त सांगितिक कार्यक्रम आयोजना हुन लागेको हो । हाम्रो ईभेट्सको आयोजनामा हुन लागेको कार्यक्रम अकल्याण्ड टाउन हलमा हुने छ । यसअघि उक्त ठाउँमा The Beatles, The who, Elton John, Foo Fighters, Fab Four लगायतका विश्व प्रसिद्ध सांगितिक समुहले आफ्नो प्रस्तुती दिईसकेका छन् । कन्सर्टमा न्युजिल्याण्ड मै रहेका नेपाली कलाकारहरुले समेत प्रस्तुती दिने छन् । कन्सर्टका बारेमा थप जानकारी चाडै दिईने आयोजकले बताएको छ ।


