बेलायतको भ्रमणमा रहेकी न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबिच भेटवार्ता भएको छ । लण्डनमा भएको भेटमा दुई प्रधानमन्त्री बिच दुई देश बिचको सम्बन्धको बारेमा कुरा भएको थियो । भेटमा विश्वमा सिर्जना भएको घटनाक्रमका बारेमा समेत छलफल भएको थियो । प्रधानमन्त्री आर्डेनले आज बेलायती राजकुमार विलियमसँग भेट्ने छिन् । यूरोप भ्रमण सकेर प्रधानमन्त्री आर्डेन ४ दिन का लागि आज अष्ट्रेलिया जादैँ छिन् ।
अष्ट्रेलिया भ्रमण सकेर उनी न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।


