न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठग्ने युवती पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठग्ने युवती पक्राउ

   July 6, 2022  

 न्युजिल्याण्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । पौडेलले ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको पीडितहरुको दाबी छ । कृषि कम्पनीमा काम पाइने र मासिक एक लाख ७० हजार रुपैयाँ भन्दा बढी कमाई हुने भन्दै पौडेलले युवाहरूलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । न्युजिल्याण्ड जानका लागि आवश्यक रकम प्रति व्यक्ति १२ लाख ५० हजार रुपैयाँमध्ये आधाभन्दा बढी रकम हात पारेपछि पौडेल फरार भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।