विश्वब्यापी रुपमा फैलिएको कोरोनाको नयाँ संक्रमित समुदायमा देखिएपछि गत अगस्त १७ देखि जारी लकडाउन मंगलबार देखि केही खुकुलो हुने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनका अनुसार मंगलबार बाट अकल्याण्ड र नर्थल्याण्ड बाहेक बाँकी देश लेभल ३ मा जाने भएको हो । अहिले देशभर लेभल ४ को लकडाउन लगाईएको छ । अकल्याण्ड र नर्थल्याण्डमा भने अझै केही हफ्ता लेभल ४ नै कायम रहने प्रधानमन्त्री आर्डेन ले बताएकी छिन् । हालसम्म ३४७ जनामा कोरोना पुष्टी भईसकेको छ र संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सबै भन्दा बढी संक्रमित अकल्याण्डमा भेटिएका छन् । त्यँहा ३३३ जना संक्रमित छन् भने राजधानी वेलिङटनमा १४ जनामा संक्रमण भेटिएको छ । आज मात्र ७० जनामा संक्रमण देखिएको छ जसमध्ये ४४ जना प्यासिफिक समुदायबाट रहेका छन् । त्यस्तै ११ जना एसियाली , छ जना यूरोपियन र छ जना माओरी समुदायका सक्रमित रहेका छन् । त्यस्तै ३ जनाको विवरण खुल्न बाँकी रहेको छ ।


