जब न्युजिल्याण्डलाई ३००० डलरमा बेच्न खोजियो, झण्डै बिकेको सिंगो देश – New Zealand News Nepal (NZ News Nepal)

जब न्युजिल्याण्डलाई ३००० डलरमा बेच्न खोजियो, झण्डै बिकेको सिंगो देश

   July 13, 2022  

सन् २००० को दशक विश्वको लागि सम्झन लायक दशक हो जुन समयमा विश्वभर प्रविधिले बिकास पाएको थियो । ईन्टरनेट, मोबाईल एप, वेवसाईट लगायतका कुराहरुको बिकास पनि यही समय भएको हो । यही दशकमा न्युजिल्याण्डमा भने रोचक घटना घट्यो । कुरा आज भन्दा १६ वर्ष अगाडिको हो । सन् २००६ मा ईबे (Ebay) नामको एक अनलाईन सपिङ एपमा न्युजिल्याण्ड देशलाई नै बेच्न राखिएको थियो । सो समय एक अष्ट्रेलियाली नागरिकले सिंगो न्युजिल्याण्ड देशलाई नै बेच्नको लागि ईबे मा राखेका थिए । उनले एक महिना भित्र निलामी गर्न भन्दै न्युजिल्याण्ड देश र न्युजिल्याण्डको झण्डा ईबेमा राखेका थिए । उनले न्युजिल्याण्डको सुरुवाती मुल्य ०.०१ अष्ट्रेलियन डलर राखेका थिए । उनले बिवरणमा न्युजिल्याण्ड देशको ओफिसियल सेल भनेर उल्लेख समेत गरेका थिए । त्यो समय अधिकांश मान्छेले यस्लाई गम्भिर रुपमा लिए र न्युजिल्याण्ड देश किन्न बोली लगाउन थाले । जब ईबेलाई आफ्नो वेबसाईटमा एउटा सिंगै देश बिक्रीको लागि राखिएको थाहा भयो त्यसपछि कम्पनीले न्युजिल्याण्ड बेच्न राख्ने मान्छेको खाता नै बन्द गर्दियो , त्यो बेला सम्म न्युजिल्याण्ड किन्नको लागि ३००० डलर सम्मको बोली लागिसकेको थियो । यो घटना यती गम्भिर बन्यो कि न्युजिल्याण्ड सरकारको तर्फबाट बिज्ञप्ती नै जारी गरेर न्युजिल्याण्ड बिक्रिमा नभएको कुरा स्पष्ट पार्नु परेको थियो । त्यो घटनाको १३ वर्ष पछि सन् २०१९ मा पुन: त्यही अष्ट्रेलियन नागरिकले २००६ को घटना सम्झदैँ ईबेले आफ्नो अकाउन्ट बन्द गरेको र त्यसो गर्न नहुने भन्दै गो फण्डमी (Go Fund me )मा सेल न्युजिल्याण्ड भनेर अभियान सुरु गरेका थिए । तर उनको त्यो उपद्रो पनि गो फण्डमीले तुरुन्तै हटाएको थियो । ति अष्ट्रेलियाली नागरिकका अनुसार न्युजिल्याण्ड भन्ने देश नै नभएको र न्युजिल्याण्ड भनिएको देश अष्ट्रेलिया भएको दावी गरेका थिए । उनी अष्ट्रेलियन कमेडियन भएको हाल आफ्नो युट्युबमा न्युजिल्याण्डको मजाक बनाएर भिडियो हाल्ने गरेको पाईएको छ ।