नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च न्युजिल्याण्डको दोश्रो राष्ट्रिय अधिवेशन अर्को साता हुने भएको छ । जुलाई २४ तारिकका दिन न्युजिल्याण्ड समय अनुसार अपरान्ह ४ बजे अधिवेशन सुरु हुने प्रवासी नेपाली मन्च, न्युजिल्याण्डका सचिव मिलन जिसीले जानकारी दिएका छन् । अधिवेशन जुम मार्फत आयोजना हुने छ । अधिवेशनमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई प्रमुख अतिथीका रुपमा सहभागी हुने छन् ।


