यस्ता छन् न्युजिल्याण्डमा आजका टप खबर, पढ्नुहोस् नेपाली भाषामा – New Zealand News Nepal (NZ News Nepal)

यस्ता छन् न्युजिल्याण्डमा आजका टप खबर, पढ्नुहोस् नेपाली भाषामा

   July 26, 2022  

न्युजिल्याण्डमा आज ९ हजार २ सय ५६ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा ३८ जनाको मृत्‍यु , ८३६ जना अस्पताल भर्ना । मर्ने को संख्या २ हजार ३९ पुग्यो ।

प्रधानमन्त्री जसिन्डा आर्डेनले आज आफ्नो जन्मदिन मनाउदै , ४२ वर्षकी भईन प्रधानमन्त्री जसिन्डा । यो समाचार पुरा पढ्न यहाँ क्लिक गर्नुहोला 

लगातार धम्की आएपछि ग्रिसबर्न र वाईकातोका ६ बिद्यालयमा लकडाउन, विद्यार्थी सबै सुरक्षित

मौसम: देशभर वर्षा जारी,  Dunedin र  Christchurch का केही स्थानमा पहिरो, सडक अवरुद्ध, सतर्कताको सबै सावधानी अपनाईएको अधिकारीहरुद्वारा जानकारी

न्युजिल्याण्डमा स्थानिय तहको चुनाव अक्टोबर ८ मा हुने, ५३ जिल्ला र १२ शहरले नयाँ मेयर पाउने

अकल्याण्डमा नेपाली बस्ने घरमा अज्ञात समुहद्वारा आक्रमण, प्रहरीलाई बोलाउछु भने पछि आक्रमणकारी भागेको पीडितको भनाइ , घरमा एक्लै बस्दा सजह हुन आवश्यक । यो समाचार पुरा पढ्न यहाँ क्लिक गर्नुहोला