प्रकाश सपुतको प्रस्तुती रहने ‘दशैं धमाका’मा यि संस्थाको साथ – New Zealand News Nepal (NZ News Nepal)

प्रकाश सपुतको प्रस्तुती रहने ‘दशैं धमाका’मा यि संस्थाको साथ

   July 27, 2022  

चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेल आगामी अक्टोबरमा न्युजिल्याण्ड आउँदै छन् । न्युजिल्याण्डको बिभिन्न सहरहरुमा यि दुईले आफ्नो प्रस्तुती दिने छन् । दशैँ को अवसरमा न्युजिल्याण्डको लाखे ईभेन्ट्सले न्युजिल्याण्डको ६ सहरमा बिशेष कार्यक्रम आयोजना गर्दै छ जस्मा आफ्नो प्रस्तुती दिन गायक सपुत र कमेडियन पौडेल न्युजिल्याण्ड आउन लागेका हुन् । सो कार्यक्रममा नेपालमा र न्युजिल्याण्डमा भएका संस्थाले साझेदारी गरेका छन् । बिभिन्न प्रायोजनका लागि यि संस्थाहरुले कार्यक्रममा सहयोग गर्ने लाखे ईभेन्ट्सले जनाएको छ ।

कार्यक्रमको एजुकेशन पार्ट्नरमा काठमाडौंको रोहिनी इन्टरनेशन एजुकेशन सेर्भीसेज छ । काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको रोहिनीको अन्य शाखा बिर्तमोड, दमक र बुटवलमा छन् । रोहिनिले पछिल्लो एक दशक यता न्युजिल्याण्डमा पढ्न आउन चाहने विद्यार्थीलाई परामर्श दिदै आएको छ ।

त्यस्तै कार्यक्रममा न्युजिल्याण्डको किवी आयात कम्पनी केसी ग्रुप्स लिमिटेडको पनि साथ रहने छ । कार्यक्रमको भिसा पार्टनरमा ए एन जेड भिसा सर्भिसेज रहेको छ । अकल्याण्डमा अवस्थित यो संस्थाले बिद्यार्थी भिसा, वर्क भिसा, भिजिटर भिसा लगायतमा परामर्श दिदै आएको छ ।

अकल्याण्डकै संस्था ट्राभल कर्नर पनि यो कार्यक्रममा ट्राभल पाटनरको रुपमा सामेल छ । कार्यक्रमको हस्पिटालिटी पार्ट्नरमा वेलिङटनको नयाँ नेपाली रेस्टुराँ एभरेष्ट चुलो रहेको छ भने मिडिया पार्ट्नरमा NZ News Nepal रहेको छ ।

लाखे ईभेन्ट्सका अनुसार आगामी अक्टोबरमा न्युजिल्याण्डका ६ शहरमा उक्त सांगितिक कार्यक्रम आयोजना हुँदै छ । अक्टोबर ७ मा Hamilton, ओक्टोबर ८ मा Tauranga, अक्टोबर ९ मा Wellington मा कार्यक्रम अयोजना हुँदै छ । त्यस्तै १४ अक्टोबरमा Ash burton, १५ अक्टोबरमा Invercargill र १६ अक्टोबर मा Christchurch मा दशै बिशेष कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा स्थानिय नेपाली कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।