न्युजिल्याण्ड सरकारको स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लूमफिल्डले आज अन्तिम पटक पत्रकार सम्मेलन मार्फत कोरोनाको अपडेट दिएका छन् । गत अप्रिलमा राजिनामा दिएका ब्लूमफिल्ड आउदो शुक्रबार स्वास्थ्य मन्त्रालयबाट बिदा हुँदै छन् । उनले जुलाई ३१ बाट लागु हुने गरि गत अप्रिलमा राजिनामा दिने निर्णय गरेका थिए । उनको सम्मानमा आज पत्रकार सम्मेलनमा पछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले उठेर ताली बजाउदै उनको बिदाइ गरेका थिए । ब्लूमफिल्ड सन् २०१८ जुन ११ देखि न्युजिल्याण्डको स्वास्थ्यमन्त्रालयका महानिर्देशकको रुपमा कार्यरत थिए । कोरोनाको समयमा उनको योगदान अतुलनिय रहेको प्रधानमन्त्री जसिन्डा आर्डेनले यसअघि नै बताएकी छिन् । ब्लूमफिल्ड जस्तो राष्ट्रसेवक कर्मचारी बिरलै भेटिने र अबको समय उनले आफ्नो परिवारलाई दिने कुराको आफुहरुले सम्मान गरेको प्रधानमन्त्री बताएकी छिन् ।



