Upper Hutt City Council द्वारा डा. अधिकारी सम्मानित – New Zealand News Nepal (NZ News Nepal)

Upper Hutt City Council द्वारा डा. अधिकारी सम्मानित

   July 29, 2022  

न्युजिल्याण्डका  नेपाली अभियन्ता डा रमिल अधिकारी Upper Hutt City Council को सिभिक अवार्डबाट सम्मानित भएका छन् । बिहीबार आयोजित विशेष समारोहमा  Upper Hutt का मेयरले डा. अधिकारीलाई स्वयंसेवाको प्रतिष्ठित सिभिक अवार्ड प्रदान गरेका हुन् । उनलाई मेडल र सर्टिफिकेटसहित सम्मान गरिएको थियो । सिभिक अवार्डस् समुदाय वा कुनै संस्थाको हितका लागि स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । सामुदायिक सेवा, कला संस्कृति, शिक्षा, स्वास्थ्य, वातावरण, युवा लक्षित गतिविधि आदिमा उल्लेखनीय स्वयंसेवा गरेकालाई प्रदान गरिने उक्त अवार्ड स्थानीय तहमा प्रतिष्ठित मानिन्छ ।
सिभिक अवार्ड पाएपछि डा. अधिकारीले आफ्नो समाजसेवाका लागि थप प्रेरणा मिलेको बताए । अमेरिकी लेखिका हेलेन केलरको भनाइ उधृत गर्दै उनले भने, ‘म एक्लो व्यक्ति हुँ, सबै गर्न सक्दिन तर म केही गर्न सक्छु । म एक्लै सबै गर्न सक्दिन भनेर मैले गर्न सक्ने केही गर्न चाहिं अस्वीकार गर्दिन ।’

पब्लिक हेल्थ एसोसिएसन वेलिङ्टनका अध्यक्ष अधिकारीले कोभिड महामारीका बेला वेलिङ्टनस्थित स्वास्थ्य मन्त्रालयको सल्लाहकारका रुपमा कोभिड भाइरस रेस्पोन्स र परीक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ह्वाइट रिबन एम्बासडर उनी जस्टिस अफ पिसमा समेत आवद्ध छन् ।
न्युजिल्याण्डका लागि नेपाल सरकारको पर्यटन दूत समेत रहेका अधिकारी एनआरएनए न्युजिल्याण्डका सल्लाहकार एवं गीतकार पनि हुन् ।