न्युजिल्याण्डमा बढेको महँगाईलाई मध्यनजर गर्दै न्युजिल्याण्ड सरकारले ल्याएको Cost of Living Payment आजबाट सुरु हुँदै छ । सरकारले न्युजिल्याण्डमा बस्ने हरेक व्यक्तिलाई ३५० डलर Cost of Living Payment स्वरुप भत्ता दिने निर्णय गरेको थियो । पहिलो किस्तामा आज सरकारले ११६.६७ डलर प्रदान गर्दै छ । न्युजिल्याण्डमा बसेर काम गर्ने सबैको बैंक खातामा यो रकम स्वत: आउने छ ।
नआए के गर्ने ?
यदी आज बेलुका सम्म पनि तपाईंको बैंक खातामा यो रकम आएन भने भोली अर्थात वर्किङ डेको दोस्रो दिन बाँकी रहेकालाई सरकारले पैसा दिने छ । यदी भोली बेलुका सम्म पनि सरकारको तर्फ बाट कुनै पैसा तपाईंको खातामा जम्मा भएन भने तपाईं यो सुबिधा पाउन अयोग्य ठहरिनुहुनेछ । अर्थात गत वर्ष १ अप्रिल २०२१ देखि ३१ मार्च २०२२ सम्मको तपाईं कमाई ७० हजार भन्दा बढी भएको हुनसक्ने छ । सरकारले गत आर्थिक वर्षमा ७० हजार भन्दा कम कमाउनेलाई मात्र यो सुबिधा दिने भएको हो । यदी तपाईंको कमाइ ७० हजार भन्दा कम थियो र Cost of Living को पैसा पनि आएन भने IRD मा ईमेल व कल गरेर आफुले पाउने रकम माग गर्न सक्नु हुनेछ ।


