न्युजिल्याण्डका सभामुख ट्रेभर मल्लार्ड आयरल्याण्डको राजदुतको रुपमा आयरल्याण्ड प्रस्थान गरेका छन् । संसदमा काम गर्न थालेको ३८ वर्षपछि उनी आयरल्याण्डका लागि न्युजिल्याण्डका राजदुतको रुपमा त्यसतर्फ लागेका हुन् । एक प्रस्ट वक्ता, अडिक तर नरम स्वभावका मल्लार्ड न्युजिल्याण्डको राजनीतिमाका बिगत ३८ वर्ष देखि सकृय थिए । मल्लार्डले आज देखि लागु हुने गरि हिजो सभामुख पदको राजीनामा दिएका थिए ।


