न्युजिल्याण्डका सुरक्षाकर्मीको युक्रेनमा हत्या – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका सुरक्षाकर्मीको युक्रेनमा हत्या

   August 24, 2022  

युक्रेनमा तैनाथ एक न्युजिल्याण्डर सुरक्षाकर्मीको हत्या भएको छ । न्युजिल्याण्ड डिफेन्स फोर्सका अनुसार छुट्टीमा रहेका उनको हत्या भएको हो । उनी छुट्टीमा रहेकाले काममा सकृय थिएनन् । यस बारेमा अनुसन्धान भईरहेको छ सम्बन्धित मन्त्रालयका मन्त्रीले यसबारेमा जानकारी दिने बताईएको छ । रुस र युक्रेनबिच युद्ध चलिरहेको बेला न्युजिल्याण्डका तर्फ बाट युक्रेनको समर्थनमा केही सुरक्षाकर्मी त्यसतर्फ गएका थिए । हत्या भएका सुरक्षाकर्मी त्यही टोलीका हुनसक्ने अनुमान गरिएको छ ।