Living Cost को दोस्रो किस्ता भोली बितरण हुँदै, पहिलो किस्ता पाउनेले पुन: ११६ डलर पाउदैँ – New Zealand News Nepal (NZ News Nepal)

Living Cost को दोस्रो किस्ता भोली बितरण हुँदै, पहिलो किस्ता पाउनेले पुन: ११६ डलर पाउदैँ

   August 31, 2022  

न्युजिल्याण्डमा बढेको महँगाईलाई मध्यनजर गर्दै न्युजिल्याण्ड सरकारले ल्याएको Cost of Living Payment को दोस्रो किस्ता भोली बितरण हुने भएको छ । सरकारले न्युजिल्याण्डमा बस्ने हरेक व्यक्तिलाई ३५० डलर Cost of Living Payment स्वरुप भत्ता दिने निर्णय गरेको थियो । पहिलो किस्तामा गत अगस्त १ मा सरकारले ११६.६७ डलर प्रदान गरेको थियो  । योजनाको दोस्रो किस्ता अन्तर्गत भोली अर्थात सेप्टेम्बर १ तारिकका दिन पुन: ११६ .६७ डलर सरकारले प्रदान गर्दै छ । न्युजिल्याण्डमा बसेर काम गर्ने सबैको बैंक खातामा यो रकम स्वत: आउने छ ।