नेपाल सरकार परराष्ट्र मन्त्रालयले अब न्युजिल्याण्ड बाटै नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने निर्णय गरेको छ । मन्त्रालयले न्युजिल्याण्डबाट एक पटकको लागि मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी बनाउने निर्णय गरेको हो । अकल्याण्ड स्थित नेपालका लागि अवैतानिक बाणिज्यदुत कार्यालय मार्फत पासपोर्ट नविकरणको आवेदन दिन सकिने छ । कार्यलयका अनुसार एक वर्ष भन्दा कम म्याद रहेको नेपाली राहदानी बाहकले आवेदन फारम र आवश्यक कागजानको जानकारीका लागि कार्यालयको ईमेल ठेगानामा सम्पर्क गर्न सक्ने छन् । [email protected] ईमेल गरेर पासपोर्ट नविकरणको प्रकृया बारे जानकारी लिन सकिने कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।



