फ्लाईटमा अनिवार्य मास्क प्रयोग हटाउदै अष्ट्रेलिया, न्युजिल्याण्डमा कहिले हट्ला यो नियम – New Zealand News Nepal (NZ News Nepal)

फ्लाईटमा अनिवार्य मास्क प्रयोग हटाउदै अष्ट्रेलिया, न्युजिल्याण्डमा कहिले हट्ला यो नियम

   September 1, 2022  

अष्ट्रेलियाको सरकारले आउदो सेप्टेम्बर ९ तारिक बाट आफ्नो अन्तरिक उडानमा फेसमास्कको अनिवार्य प्रयोगको नियमलाई हटाउने भएको छ । कोरोनाको महामारी फैलिएको बेलादेखि लागु गरिएको यो नियम अब पूर्ण रुपमा हट्ने भएको हो । कोरोनाको महामारी कम भएतापनि मास्कलाई अब आफ्नो व्यक्तिगत रोजाइको रुपमा लिईेएको छ । मास्क प्रयोगलाई प्राथमिकता दिईने तर यस्लाई अनिवार्य नगर्ने अष्ट्रेलियन सरकारको योजना छ ।

यता न्युजिल्याण्डमा पनि आन्तरिक उडानमा मास्क प्रयोग अनिवार्य गरिएको छ । सन् २०२० नोभेम्बेर देखि लागु भएको यो नियम दुई वर्ष देखि लागु छ । आन्तरिक उडानमा बस्ने हरकोहीले मास्कको प्रयोग गर्नु पर्ने र खाना र पिउन बाहेक अरु समय मास्कको सही तरिकाले प्रयोग गर्ने नियम न्युजिल्याण्डमा छ । अन्य क्षेत्रमा मास्कको प्रयोग हटाईसकिएको अवस्थामा न्युजिल्याण्डमा पनि अब आन्तरिक उडानमा मास्कको नियम हटाउनु पर्ने आवाज उठ्दै आईरहेको छ । ओरेन्ज ट्राफिक लाईट सिस्टममा रहेको न्युजिल्याण्डमा मास्क को प्रयोग अनिवार्य गरिएको छ । तर स्वास्थ्य बिज्ञका अनुसार देश ग्रीन लाईटमा जानासाथ आन्तरिक उडानमा यो नियम हट्ने छ ।