जस्टिनले स्वास्थ्यका कारण स्थगित गरे ‘वर्ल्ड टुर’, न्युजिल्यान्ड भने आउने – New Zealand News Nepal (NZ News Nepal)

जस्टिनले स्वास्थ्यका कारण स्थगित गरे ‘वर्ल्ड टुर’, न्युजिल्यान्ड भने आउने

   September 7, 2022  

विश्व प्रसिद्ध गायक जस्टिन बिबरले आफ्ना सम्पूर्ण सांगितिक कार्यक्रमहरु स्थगित गरेका छन् । उनले आफ्नो स्वास्थ्य बिग्रिएकाले आगामी दिनमा आयोजना हुने वर्ल्ड टुर समेत स्थगित गरेको जानकारी गराएका थिए । बिबरले हालै आफ्नो एल्बम जस्टिसको प्रमोशनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए । केही समय अगाडि उनले आफू रामसे हन्ट सिन्ड्रोम बाट पीडित भएको कारण उनको अनुहार पक्षाघात भएको बताएका थिए । आफ्नो अवस्थाको बारेमा कुरा गर्दै बिबरले आफनो आँखा मिच्न नमिल्ने र साथै अनुहारको एक छेउमा हाँस्न पनि नसक्ने भएकाले आफनो पछिल्लो शो रद्द गर्नु परेको बताएका छन् । यसबाट आफु निराश भएको बताउदै हालको अवस्थामा आफु शारीरिक रूपमा सक्षम नभएको बताउदै आफना सर्मथकहरुले बुझ्ने छन भन्ने आशा राखेको बताएका छन् ।

अष्ट्रेलिया र न्युजिल्याण्डको कार्यक्रम यथावत

उनले विश्वका सबै कार्यक्रम स्थगित गरेपनि आयोजकका अनुसार न्युजिल्याण्ड र अष्ट्रेलियाको कार्यक्रम भने आयोजना हुने बताईएको छ ।  आयोजकका अनुसार उनले केही समय बिश्राम लिने भएको र न्युजिल्याण्डको टुर सम्ममा उनले पर्याप्त आराम लिने र न्युजिल्याण्डमा प्रस्तुत हुने बताईएको छ । जस्टिनको मार्च २०२३ सम्म एसिया, अमेरिका, यूरोप, अष्ट्रेलिया र न्युजिल्याण्डमा ७० भन्दा बढी कन्सर्ट आयोजना हुने कार्यक्रम तय थियो । उनले न्युजिल्याण्डमा भने सन् २०२२ को डिसेम्बेर ७ मा अकल्याण्डको माउन्ट स्मार्ट स्टेडियममा प्रस्तुती दिने छन् ।