न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुलेको एक महिना भन्दा बढी भईसकेको छ । यस बिचमा न्युजिल्याण्ड प्रवेश गर्नेको संख्यामा अपेक्षित सुधार भने आएको छैन । अध्यागमन विभागका अनुसार हाल सम्म न्युजिल्याण्ड प्रवेश गर्नेको संख्या कम छ । विद्यार्थी भिसा, वर्कभिसा, भिजिट भिसा गरेर अहिले सम्मा न्युजिल्याण्ड प्रवेश गर्नेको संख्या कम रहेको बताईएको छ । यसबिचमा न्युजिल्याण्ड घुम्न आउनेहरुलाई दिईने टुरिस्ट भिसामा पनि अध्यागमनले कडाई गरेको छ । हाल सम्म ७ हजारले मात्र न्युजिल्याण्डको टुरिस्ट भिसा पाएका छन् । ५ हफ्ताको समयमा अध्यागमनले करिब ४० हजार टुरिस्ट भिसाको आवेदन प्राप्त गरेको र यो संख्या बढ्ने क्रममा रहेको छ । अध्यागमनको सिस्टममा आएको समस्या, कर्मचारीको अभावका कारण टुरिस्ट भिसाको आवेदन स्विकृति दिन ढिला भएको बताईएको छ ।


