न्युजिल्याण्डको यतायात बिभागले डिजिटल ड्राईभिङ लाईसेन्सको अवधारणा ल्याउने भएको छ । बिभागले अब न्युजिल्याण्डको ड्राईभिङ लाईसेन्स मोबाईलमा राख्न मिल्ने र आवश्यक रुपमा सोही लाईसेन्स प्रयोग गर्न मिल्ने गरि नयाँ अवधारणा ल्याउन लागेको हो । यो लागु भएपछि सवारी सधान चालकले छुट्टै लाईसेन्स बोक्नु पर्ने छैन । यो सजिलै मोबाईलमा राख्न मिल्ने छ , बैंकको वालेट वा कोरोनाको समय प्रयोग भएको भ्याक्सिन पास जस्तो । यस्का लागि आवश्यक तयारी भईरहेको बिभागले जनाएको छ । ‘ हामी प्रारम्भिक चरण मै छौ’ प्रमुख डिजिटल अधिकारी लिज मागुइरेले भने। उनका अनुसार अहिले डिजिटल लाईसेन्सको लागि काम भईरहेको छ । यसबाट हुने गोपनीयता भंग वा जोखिम मूल्याङ्कनको काम पनि बाँकी रहेको बिभागले बताएको छ । नयाँ लाईसेन्सको प्रावधान आएसगैं सडक नियम तथा लाईसेन्स प्रयोगको नियममा पनि परिवर्तन आउने छ । तर यो नयाँ अवधारणा आउन केही समय भने लाग्ने छ । बिभागले आवश्यक परामर्श गरेर यसबारेमा औपचारिक निर्णय गर्ने भएको छ ।


