रानीको निधनको शोकमा Public Holiday दिने सरकारको तयारी, भोली निर्णय हुने – New Zealand News Nepal (NZ News Nepal)

रानीको निधनको शोकमा Public Holiday दिने सरकारको तयारी, भोली निर्णय हुने

   September 11, 2022  

सरकारले महारानी एलिजाबेथको निधनको शोकमा सार्वजनिक बिदा दिने तयारी गरेको छ । यस बारेमा भोली बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने छ । औपचारिक रुपमा रानीको लागि शोक सभाको आयोजना समेत गर्ने सरकारको तयारी छ । महारानीको शुक्रबार बिहान निधन भएको थियो । उनको अन्तिम संस्कार आउदो सेप्टेम्बर १९ मा गरिने भएको छ । अन्तिम संस्कारमा प्रधानमन्त्री जसिन्डा आर्डेन सहभागि हुने छिन् । उनि सँगै जाने अन्य टोलीको भने भोली निर्णय हुने छ । उता अष्ट्रेलियाले भने रानीको निधनको शोकमा आउदो सेप्टेम्बर २२ बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।