महारानीको निधनको शोकमा २६ सेप्टेम्बरमा सार्वजनिक बिदा – New Zealand News Nepal (NZ News Nepal)

महारानीको निधनको शोकमा २६ सेप्टेम्बरमा सार्वजनिक बिदा

   September 12, 2022  

महारानी एलिजाबेथको निधनको शोक तथा उनको स्‍मृतिमा न्युजिल्याण्ड सरकारले २६ सेप्टेम्बरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दिने निर्णय गरेको हो । महारानी एलिजाबेथको गत शुक्रबार बिहान स्कटल्याण्डमा निधन भएको थियो । उनको अर्को सोमबार अर्थात १९ सेप्टेम्बरमा लण्डनमा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कारमा सहभागि हुन प्रधानमन्त्री जसिन्डा आर्डेन लण्डन जाने कार्यक्रम रहेको छ ।