२६ सेप्टेम्बरको दिन Queen Elizabeth Memorial Day मनाईने, के हुँदै छ त्यो दिन ? – New Zealand News Nepal (NZ News Nepal)

२६ सेप्टेम्बरको दिन Queen Elizabeth Memorial Day मनाईने, के हुँदै छ त्यो दिन ?

   September 13, 2022  

न्युजिल्याण्ड सरकारले यही सेप्टेम्बर २६ तारिकका दिन रानी एलिजाबेथको स्‍मृति दिवस मनाउने भएको छ । महारानी एलिजाबेथको निधनको शोकमा न्युजिल्याण्ड सरकारले स्‍मृति दिवस मनाउन लागेको हो । सोही दिन राजधानी वेलिङ्टनमा बिशेष सभाको आयोजना हुने र त्यस्मा प्रधानमन्त्री जसिन्डा आर्डेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो दिन न्युजिल्याण्ड भरि सार्वजनिक बिदा दिईने छ । रानी को निधनकै दिन सरकारले न्युजिल्याण्डमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । देश अहिले पनि शोकमा रहेको र राष्ट्रिय शोकको अवधी स्‍मृति दिवससम्म हुने सरकारले बताएको छ । रानी एलिजाबेथ बेलायतका अलावा अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, लगायतका १४ मुलुककी राष्ट्र प्रमुख थिईन् । उनको निधनको शोकमा अष्ट्रेलियाले सेप्टेम्बर २२ लाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।