377
Shares
सरकारले कोरोना संक्रमितको संख्याको बारेमा जारी गर्ने गरेको कोभिड अपडेट अब दैनिक रुपमा नगर्ने भएको छ । हरेक दिन दिउसो १ बजे सरकारको तर्फबाट पत्रकार सम्मेलन गरेर वा प्रेस बिज्ञप्ती निकालेर २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितको बारेमा जानकारी दिने गरेको थियो । अब यो क्रम दैनिक नभई एक हफ्तामा एक पटक हुने छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको र स्वास्थ्य मन्त्रालयले अन्य रोग तथा स्वास्थ्य क्षेत्रका अन्य गतिबिधीलाई पनि प्राथमिकता दिनु पर्ने भन्दै दैनिक अपडेट दिन छोडेको हो । सरकारको तर्फ बाट आउदो सोमबार कोरोना संक्रमितको संख्याको बारेमा जानकारी दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।