महारानी एलिजाबेथको अन्तिम संस्कारमा सहभागि हुन प्रधानमन्त्री जसिन्डा आर्डेन बेलायतको राजधानी लण्डन प्रस्थान गरेकी छिन् । उनी आज बिहान सेनाको बिमान मार्फत लण्डन उडेकी हुन् । उनी सँगै न्युजिल्याण्डकी गभर्नर तथा महारानीकी प्रतिनिधि सिन्डी किरो पनि लण्डन गएकी छिन् । महारानी एलिजाबेथको आउदो सोमबार अन्तिम संस्कार गर्ने कार्यक्रम छ । अन्तिम संस्कारमा भाग लिन विश्वभरबाट राष्ट्र प्रमुख र प्रतिनिधिहरु लण्डन जादै छन् । न्युजिल्याण्डबाट २१ जना बिशेष प्रतिनिधि रानीको अन्तिम संस्कारमा सहभागी हुने छन् ।


