प्रधानमन्त्री जसिन्डा आर्डेन र नयाँ राजा चार्ल्सबिच आईतबार भेटवार्ता हुने भएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कारमा सहभागी हुन लण्डन पुगेकी प्रधानमन्त्रीले नयाँ राजा चार्ल्स सँग दुई पटक भेट गर्ने छिन् । राजा र प्रधानमन्त्री आर्डेनबिच यो पहिलो भेट हो । जसिन्डाले आईतबार कमनवेल्थका अन्य नेतासँग राजा सँग भेट्ने छिन् भने पुन: सोमबार विश्वका अन्य नेताहरु सँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री जसिन्डाले राजकुमार विलियम र बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्र्ससँग पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री आर्डेनले राजकुमार विलियम सँग आज बक्हिङगम दरवारमा भेट्दै छिन् भने प्रधानमन्त्री ट्र्ससँग भोली शनिबार उनकै निवासमा भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री जसिन्डा सोमबार महारानी एलिजाबेथको अन्तिम संस्कारमा पनि सहभागी हुँदै छिन् । उनी अर्को साता न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।


