नेपाली चलचित्र प्रेम गीत ३ न्युजिल्याण्डमा पनि प्रदर्शन हुने भएको छ । न्युजिल्याण्डको ईभेट्स सिनेमाले आफ्नो वेवसाईटमा प्रेम गीत ३ सेप्टेम्बर २३ मा रिलिज हुने भएर उल्लेख गरेको छ । ईभेट्स सिनेमाको १८ वटा हलमध्य केही हलमा प्रेम गीत ३ प्रदर्शन हुन लागेको हो । न्युजिल्याण्डमा प्रेम गीतको प्रदर्शनबारेमा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनसँग कुरा गर्दा न्युजिल्याण्डमा पनि फिल्म प्रदर्शन हुने कुरा बताएका छन् । नेपाली र हिन्दी भाषामा रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ मा नायक प्रदीप खड्का र नायिका कृस्टिना गुरुङ को मुख्य भूमिका छ । चलचित्रमा निल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।


