प्रधानमन्त्री जसिन्डाद्वारा महारानी एलिजाबेथको पार्थिव शरीर माथि श्रद्धाञ्जली अर्पण – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री जसिन्डाद्वारा महारानी एलिजाबेथको पार्थिव शरीर माथि श्रद्धाञ्जली अर्पण

   September 17, 2022  

लण्डन,  प्रधानमन्त्री जसिन्डा आर्डेनले महारानी एलिजाबेथको पार्थिव शरीर माथि श्रद्धाञ्जली अर्पण गरेकी छिन् । उनले आज बिहान वेस्टमिन्स्टर हलमा गएर रानीलाई श्रद्धाञ्जली दिएकी हुन् । जसिन्डा महारानी एलिजाबेथ द्वितीयलाई श्रद्धाञ्जली अर्पण गर्ने पहिलो विश्व नेता बनेकी छिन् । उनी महारानीको अन्तिम संस्कारमा सहभागि हुन पार्टनर क्लार्क गेफोर्डसहित शुक्रबार लण्डन पुगेकी थिईन् । उनले आज बेलायतकी प्रधानमन्त्री सँग भेट्ने कार्यक्रम छ । राजा चार्ल्ससँग भने प्रधानमन्त्री आर्डेनले भोली भेट गर्दै छिन् । उनी सोमबार आयोजना हुने महारानीको अन्तिम संस्कारमा पनि सहभागी हुने छिन् ।